काठमाण्डाै - काठमाण्डाै जिल्लामा ३२ वटा केन्द्रमार्फत भेरोसेलको दोस्रो मात्रा खोप लगाइँदै छ । स्वास्थ्य कार्यालय काठमाण्डाैले ३२ वटा खोप केन्द्रमार्फत भेरोसेलको दोस्रो मात्रा लगाइने जनाएको हो । गएको जेठमा भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई आउँदो २२ गतेदेखि दोस्रो मात्रा दिइँदै छ ।
वागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले सूचना निकालेर काठमाण्डाै महानगर, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा...