स्थानीय सम्बन्ध जोड्दै संकल्प यात्रा सुदूरपूर्व

नागरिक किन पलायन भइरहेका छन् ? समाजमा किन निराशा छ ? समस्याका कारण के हुन् ? यिनै प्रश्न उठाएर एमालेले बैतडीको झुलाघाटबाट मंसिर १४ मा मध्यपहाडी राजनीतिक यात्रा सुरु गरेको थियो । ‘राजधानी र गाउँको दूरी घटाउन, सम्बन्धहरू बढाउन, समस्याको समाधान निकाल्न राष्ट्रिय सन्देश निर्माणका लागि यात्रा’ तय गरेको एमालेले शनिबार पाँचथरको फिदिममा अन्तिम औपचारिक सभा गरेको छ ।