इजरायल रोजगारी :  २९७ उडे, १ हजार श्रमिकसँग दोहोरो श्रम सम्झौता

काठमाडौं : केयर गिभरका लागि इजरायल रोजगारीमा जाने तयारीमा रहेका १९९ जना नेपालीसँग इजरायल सरकारले श्रम सम्झौता गरेको छ। इजरायलको रोजगारदातासँग दोहोरो रोजगार सम्झौता भएको वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायल जानका लागि अन्तिम छनोटमा परेका १ हजार १७५ जनामध्ये ९९९ जनाको श्रम सम्झौता भएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए।इजरायलका रोजगारदाताले पठाएको रोजगार सम्झौताका आधारमा सम्झौता गरिरहेको विभागले जनाएको छ।  रोजगारदाता कम्पनीसँग दोहोरो रोजगार