हेटौंडा : नेकपा माओवादी केन्द्रको बागमती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जम्कट्टेल चयन भएका छन्।माओवादी केन्द्र बागमती प्रदेशसभा संसदीय दलको शुक्रवार र शनिवार बसेको बैठकले जम्कट्टेललाई नेतामा चयन गरेको हो। संसदीय दलको नेतामा चारजनाले आकांक्षा देखाएका थिए।जम्कट्टेल, युवराज दुलाल, सरल सहयात्री र गंगानारायण श्रेष्ठले दलको नेतामा दावी गरेका थिए। आकांक्षी धेरै भएपछि पार्टी केन्द्रले जम्कट्टेललाई संसदीय दलको नेता बनाउन प्रस्ताव गरेको थियो। उक्त प्रस्तावलाई सर्वसम्मत पारित गरेको प्रदेश सांसद कुमार