काठमाडौँ। आगामी भदौ १ गतेबाट पातलो प्लास्टिकको झोला प्रयोग गर्न नपाइने भएको छ । सरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलामा प्रयोगमा प्रतिबन्ध लगाउने भएको हो । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले एक सूचना प्रकाशित गर्दै भदौ १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाइ गर्ने जनाएको छ । […]