ललितको घातक बलिङमा प्रदेश एकको नाटकीय पतन

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीको घातक बलिङसँगै प्रदेश एक ले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय प्रतियोगितामा नेपाल पुलिस क्लबलाई १ सय ३ रनको सामान्य लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश एक ३५.१ ओभरमा १ सय २ रनमा अल आउट भयो । प्रदेश एकले राम्रो सुरुवात गरेपनि ललितनारायण […]

सम्बन्धित सामग्री

युक्रेनविरुद्धको युद्धमा रूस किन असफल हुँदै छ ?

कुनै समय एउटै देशको दुई गणराज्य रहेका रूस र युक्रेनबीच जारी युद्ध महीनौं लम्बिन सक्छ । यसबाट लाखौं मान्छे थप गरीब हुनेछन् । विश्व अर्थतन्त्र सुस्ताउनेछ । पश्चिमले यो युद्धको आगोमा घ्यू थपिरहेको छ । घुमाउरो पाराले युद्धको जड पनि उही नै हो । जेलेन्स्कीले आफ्नो देशको विनाशबाट अहिलेसम्म केही सिकेका छैनन् । पुटिन युक्रेनले घुँडा नटेकुन्जेल युक्रेनलाई बर्बाद गर्न कटिबद्ध छन् । युक्रेन अणुबम झेल्ने दोस्रो मुलुक हुने खतरा व्याप्त छ । पुटिनले चाहेर पनि पूर्ण रूपको सैन्य बल प्रयोग गर्न सक्दैनन् । यसो गर्दा रूस सैन्य कारबाहीमा होइन, युद्धमा छ भन्ने सन्देश जनतामा जानेछ । रूसी जनता उनको प्रतिरोधमा थेग्नै नसक्ने गरी उत्रन सक्नेछन् । विगतमा जस्तै यसपालि पनि मस्को, कीभ, लन्डन, ब्रसेल्स र वाशिङ्टनका मूर्ख र अहंकारी राजनीतिज्ञहरू युक्रेनी जनताको मात्र नभएर सारा संसारको दुःख र दुर्दशाको मुख्य स्रोत भइरहेका छन् । शुरूमा छिटै जित हुने अपेक्षा गरिएको थियो । तर, करीब २ महीना बितिसक्दा पनि निकट भविष्यमै रूसको जितको संकेत देखिँदैन । यसो हुनुमा धेरै कारण छन् । कमजोर योजना क्रेमलिनले पक्कै पनि राम्रो योजना बनाएन । तिनीहरूले आफ्नो शक्तिशाली वायुसेनाको राम्रोसँग प्रयोग गरेनन्, आफ्नो इलिट सेनालाई जमीनमा उतारेनन् । युद्धभूमिमा सेना र ट्यांकका लागि रसद र इन्धन आपूर्तिमा ठूलो समस्या आयो । त्यही कारण सेनाले धेरै जमीन कब्जा गर्न सकेन । अन्ततः कमजोर मनोबल र कमजोर समर्थनले रूसी सेनालाई निराश बनायो । दुवै देशले युद्धभूमिमा प्रयोग गरेको मेशिनरी र सेनाको संख्यालाई तुलना गर्ने हो भने युक्रेन राम्रोसँग सुसज्जित र संख्यामा बढी देखिन्छ । भौतिक पूर्वाधारहरू नष्ट गर्न वायु सेवा सफल भए पनि हवाई प्रभुत्व स्थापना गर्न र जमिनी सेना र ट्यांकलाई राम्रोसँग समर्थन गर्न नसकेर रूसी सेनाले नसोचेको क्षति बेहोरेको छ । गलत आकलन क्रेमलिनमा पुटिन र उनका सहयोगीहरूले सोचे कि क्रिमिया र जर्जिया जस्तै युक्रेन पनि केही दिन वा हप्ताभित्रमा पतन हुनेछ । उनीहरूले युक्रेनको पश्चिमी क्षेत्रको जनताको मनस्थितिलाई गलत हिसाब गरे । क्रेमलिनले सोच्यो कि क्रिमिया र डोनबास क्षेत्रमा जस्तै रूसी सेनाले स्वागत पाउनेछ । तर, त्यस्तो भएन । मारिउपोल, किभ र खार्किभ वरपरका क्षेत्रमा उनीहरूले सर्वसाधारणबाट समेत भयंकर प्रतिरोधको सामना गरिरहेका छन् । भ्रष्ट रूसी सेना रूसी सेना पनि सरकार जस्तै भ्रष्ट छ । पूर्वमा राष्ट्रपति पुटिनको सपनाको स्पेसपोर्ट आर्थिक भ्रष्टाचार र घोटालाले बिग्रिएका थिए । अर्बांै डलर खर्च गरे पनि रूसी सेनाका यन्त्रहरू सोभियतकालीन, पुराना वा कमजोर छन् र निकै थोत्रा र पुराना सवारीसाधनले रूसी सेना प्रशिक्षित छन् । रूसी सेना र वायु सेना विशुद्ध रूपमा रक्षात्मक प्रकृतिका छन् । अमेरिका र इजरायलको विपरीत रूससँग शहरी युद्धको धेरै अनुभव पनि छैन । आधुनिक सामग्री खरीद र प्रशिक्षणमा पनि भ्रष्टाचार व्याप्त छ । संयुक्त पश्चिम   रूस युक्रेनविरुद्ध एक्लै लडिरहेको छैन, सारा पश्चिमी संसारसँग लडिरहेको छ । नेटो देशहरूले युक्रेनी भूमिमा सेना पठाएका छैनन् तर तिनीहरूले जमीनमा सम्भव भएसम्म सबथोक गरिरहेका छन् । पश्चिमी देशहरूले युक्रेनलाई अत्याधुनिक हार्डवेयर (ड्रोन, मिसाइल, गोलाबारुद, राडार, जासूसी सूचना, रकेट लन्चर) र युद्धक्षेत्रको वास्तविक समयको महत्त्वपूर्ण जानकारी प्रदान गरेर समर्थन गर्दै छन् । व्यापारिक कम्पनीहरू पनि रूसका विरुद्ध लामबद्ध छन् । रूसको अर्थतन्त्र, सूचनामा पहुँच र प्रचार युद्धका लागि पश्चिम बराबरीको कुनै संयन्त्र र पहुँच छैन । जानकारीका सबै रूसी स्रोतहरू पश्चिमी र युक्रेनीहरूका लागि काटिएका छन् वा प्रतिबन्धित छन् । यो युद्ध नाटो, अमेरिका, जापान र युक्रेन एकातिर अनि रूस अर्कोतिर भएको युद्ध हो । युक्रेनको प्रविधि युक्रेनसँग सोभियत संघबाट प्राप्त ठूलो सैन्य, प्राविधिक, औद्योगिक क्षमता र विरासत छ । सैन्य रूपमा युक्रेन उच्च प्रविधिको देश हो । यसको बुक एयर डिफेन्स सिस्टमले सर्बियामा सन् २००० मा सबैभन्दा उन्नत अमेरिकी स्टिल्थ बमवर्षकलाई खसालेको थियो । युक्रेनसँग विश्वकै उत्कृष्ट एन्टीट्यांक मिसाइल र राडार प्रविधि छ । युद्धअघि युक्रेन १०औं ठूलो हतियार निर्यातक थियो । युक्रेनीको आत्मबल यो युद्धलाई शुरूमा डेभिड र गुलियथ बीचको युद्धका रूपमा चित्रण गरिएको थियो । राष्ट्रपति जेलेन्स्कीको भावना र आफ्ना जनता र सेनालाई उत्प्रेरित गर्ने क्षमता विमान र सैन्य सम्पत्तिको प्रारम्भिक हानि हुँदाहुँदै पनि महत्त्वपूर्ण साबित भइरहेको छ । रूसले युक्रेनी सेना र जनताको मनोबल गिराउन सकेको छैन । युक्रेनको तयारी २०१४ भन्दा युक्रेन बलियो भएको छ । अमेरिकाले उसलाई पुनः हतियार दिइरहेको छ, प्रशिक्षण प्रदान गर्दै छ । अमेरिकाले युक्रेनको रक्षा गर्न र जमीनमा रूसी सेनालाई आक्रमण गर्न, आफ्नो विशाल सैन्य र व्यावसायिक नेभिगेशन, निगरानी र जासूसी संयन्त्रको साझेदारी गरिरहेको छ र त्यसको व्यापक प्रयोग गरिरहेको छ । लडाइँमा शत्रु सेनाको उपस्थिति र त्यसको पहिचान गर्नु निकै महत्त्वपूर्ण हुन्छ । युक्रेनले गोप्य रूपमा सोभियत मिसाइलमा आधारित आफ्नै क्रुज मिसाइल नेप्च्युन पनि विकसित गरिरहेको थियो । त्यसमाथि पश्चिमा देशहरूले ट्यांक मिसाइल, गोप्य सूचना र अन्य घातक आक्रामक र प्रतिरक्षात्मक हतियार र प्रणाली प्रदान गरेर युक्रेनलाई भरपूर सहयोग गरिरहेका छन् । राष्ट्रपति पुटिनको बाध्यता  पुटिनले चाहेर पनि पूर्ण रूपको सैन्य बल प्रयोग गर्न सक्दैनन् । यसो गर्दा रूस सैन्य कारबाहीमा होइन, युद्धमा छ भन्ने सन्देश जनतामा जानेछ । रूसी जनता उनको प्रतिरोधमा थेग्नै नसक्ने गरी उत्रन सक्नेछन् । उनी देशमा हिरोबाट जिरो हुन सक्नेछन् । यसरी सीमित संख्या र कम प्रशिक्षित सैन्य परिचालनले युक्रेनमा पश्चिमा समर्थित र उच्च मनोबलका युक्रेनी सेनाविरुद्ध रूसले सफलता पाइरहेको छैन । तर, एउटा कुरा पक्का हो, लम्बिँदो युद्ध कसैका लागि पनि फाइदाजनक छैन । हिटलर भन्थे शक्ति नै सही हो । अहिले भइरहेको त्यही हो । लेखक वैदेशिक मामिलाका अध्येता हुन् ।

संघीयताको खारेजी : सही ठाउँमा सही छलफल

नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले माघ ८ गते सुर्खेत पुगेर एउटा सभामा बोल्दै बालुवाटारमा सङ्घीयता खारेजीका लागि छलफल चलेको सार्वजनिक गरेका छन् । यदि शर्माले भनेजस्तै बालुवाटारमा सङ्घीयता खारेज गर्नेबारे छलफल चलेको हो भने त्यो सही ठाउँमा भएको सही छलफल हो । बालुवाटारमा सङ्घीयता खारेजीको छलफलले निकै ठुलो महत्त्व राख्दछ । बालुवाटारमा सङ्घीयता खारेज गर्ने छलफल चलेको सन्दर्भमा जनार्दन शर्माको भनाइले पूर्व माओवादीभित्र निश्चित रूपमा ठुलो भुइँचालो गएको छ । त्यो भुइँचालो कति ठुलो गएको छ र त्यसले माओवादीभित्र कति मात्रामा असर गरेको छ भन्ने कुरा आगामी दिनमा थप प्रष्ट हुँदै जाने छ । माओवादीहरूलाई यो बोध हुनुपर्ने आवश्यकता छ कि सङ्घीयताको नाराले देशलाई धेरै हदसम्म पछाडि धेकेलेको छ । तर अहिल्यै तिनीहरूले यो कुराको बोध गर्दैनन् । तिनीहरू आफूलाई सङ्घीयताको जननी बताउँदै आएका छन् । सङ्घीयता माओवादी राजनीतिको सडेगलेको माग थियो । माओवादीको कथित जनयुद्धको पतन हुने कुरा निश्चित भइसकेपछि ल्याइएको सडेगलेको माग भएको हुनाले नै अहिले सङ्घीयताले देशमा धेरै ठुलो दुर्गन्ध फैलाइरहेको छ । प्रधानमन्त्रीले नै सङ्घीयताका विरुद्ध त्यसरी छलफल गरेका हुन् भने त्यसले छिटोभन्दा छिटो सङ्घीयताका विरुद्ध जनमत निर्माण गर्न मद्दत पुग्ने छ । प्रधानमन्त्रीले देशको संविधान लागु गर्नुपर्दछ; र, संविधानको पक्षमा वकालत गर्नुपर्दछ । तर यो कुन हदसम्म सही हो भने जुन हदसम्म त्यो संविधानले देश र जनताको पक्षमा अगाडि बढ्न मद्दत गर्दछ । यदि संविधान देशको लागि बाधक बन्दछ भने त्यसमा फेरबदल हुन आवश्यक छ । सङ्घीयता अहिले देशको लागि बाधा बनेर उभिएको छ । त्यसैले बालुवाटारमा सङ्घीयता खारेजीका लागि छलफल चलेको हो भन्न सकिन्छ । समयक्रममा संविधान संशोधन हुन्छन् । पुराना र काम नलाग्ने व्यवस्थाको ठाउँमा नयाँ व्यवस्था गरिन्छ । सङ्घीयता पनि देशको लागि घातक व्यवस्था भएको हुनाले त्यसका विरुद्धमा बालुवाटारमा छलफल चल्नै हुँदैन भन्ने सोचाइ गलत हो । सङ्घीयताका विरुद्धमा बालुवाटारमै गरिने छलफलले धेरै हदसम्म निर्णयात्मक महत्त्व राख्दछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताका विरुद्ध धेरै पटक ...

पश्चिमको पतन, चीनको उदय : विश्व राजनीतिको नयाँ दिशा

चीनले अद्भुत रूपमा आर्थिक प्रगति गरेर प्रभाव विस्तार गरेपछि अमेरिका नेतृत्वको पश्चिम आफूलाई जोखिममा परेको अनुभव गरिरहेको छ ।  यसै विषयमा प्यालेडियम नामक म्यागजिनका सम्पादक वुल्फ टिभीले स्टिफन पिमेन्टेलसँग मिलेर एउटा लामो विश्लेषण तयार पारेका छन् । त्यसको संक्षिप्त अनुवाद यहाँ प्रस्तुत गरिँदैछ । चीनको उदयले अमेरिका तथा पश्चिमलाई अस्तित्वमै चुनौती आइलागेको भनिँदैछ । तर अस्तित्वमा जोखिम भन्ने शब्द खतरनाक हो किनकि त्यस्तो स्थितिमा अन्य उपायले काम गरेनन् भने घातक हतियार उपयोग गर्नुपर्ने हुन्छ । त्यसैले यो शब्दावली अनावश्यक ...

इङल्याण्डको घातक बलिङ, १४ रनमा अष्ट्रेलियाका तीन महत्वपूर्ण विकेट पतन

विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया पूर्णतः दबामा परेको छ । आयोजक इङल्याण्डका बलरले घातक बलिङ गरेपछि अष्ट्रेलियाको ओपनिङ ध्वस्त भएको छ ।    इङल्याण्डको बीरमिनघममा जारी खेलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ गरिरहेको ...

सागरकाे उत्कृष्ट बलिङ, हङकङको चौथो विकेट पतन (लाइभ)

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको कङकङ विरुद्धको फाइनल खेलमा नेपालका सागर ढकालले घातक बलिङ गरेको छ । उनले ६ ओभरमा ६ रन दिएर महत्वपूर्ण ४ विकेट लिइसकेका छन् ...