काठमाडौँ: काठमाडौँ जेसिसको आयोजनामा हुने ‘मिस टिनको २०१७’को लागि दोस्रो अडिसन सम्पन्न भएको छ। शनिबार भएको सौन्दर्य प्रतियोगिताको अडिशनबाट ३० प्रतिस्पर्धी छानिएका छन्। यो मिस टिनको १५ औं संस्करण हो।
शनिबार भएको अडिसनमा ४५ जना सहभागी थिए। प्रथम चरणको अडिसनमा सहभागी ७३ युवतीमध्येबाट छानिएकाहरु दोस्रो चरणमा प्रतिस्पर्धा गरेका हुन्।