अवैध रूपमा सीमापार गर्न लागेका गाई नियन्त्रणमा

भन्सार छली भारततर्फ अवैधरूपमा लैजाँदै गरेको २९ वटा गाई प्रहरीले बर्दिबासबाट नियन्त्रणमा लिएको छ । गएराति इलाका प्रहरी कार्यालय बर्दिवासले विशेष सुराकीका आधारमा बर्दिबास नगरपालिका–२ बाट २६ गाई र तीनवटा गोरु नियन्त्रणमा लिएको हो । ना६क ३८४१ नंको ट्रकमा बर्दिबासबाट औरही–जलेश्वर सडकखण्ड हुँदै भारततर्फ लैजाँदै गर्दा विशेष सुराकीका आधारमा प्रहरीले बरामद गरेको प्रहरी निरीक्षक वासुदेव…