आधा असार सकिँदा लुम्बिनीमा ११ प्रतिशतमात्रै रोपाइँ सकिएको छ । यस वर्ष समयमै वर्षा नहुँदा प्रदेशमा धान रोपाइँ निकै कम मात्रामा भएको हो । समयमै वर्षा भएको भए अहिले ५० प्रतिशतको हाराहारीमा रोपाइँ सकिएको हुने कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता अनिल मारसिनीले बताए ।