२५ हजार घुससहित सतुंगलबाट एकजना असिस्टेन्ट सब–इञ्जिनियर पक्राउ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरि नगरपालिकाबाट एकजना असिस्टेन्ट सब–इञ्जिनियरलाई घुससहित पक्राउ गरेको छ। अख्तियारको टोलीले चन्द्रागिरि नगरपालिका–१४ को वडा कार्यालयमा कार्यरत असिस्टेन्ट सब–इञ्जिनियर लक्ष्मी पन्तलाई २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। उनलाई चन्द्रागिरि–११ सतुंगलबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार घर निर्माण भएको प्रमाणपत्र उपलब्ध गराएबापत उनले उक्त रकम घुस लिएकी […]