माओवादी केन्द्रले पायो आयोगबाट वैधानिकता

सुनील महर्जन, काठमाडौं । माओवादी केन्द्र अवैध रहेको दाबीलाई खारेज गर्दै निर्वाचन आयोगले नेकपा (माओवादी) केन्द्रको वैधानिकता कायम रहने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आइतबार बसेको आयुक्तहरूको बैठकले सो निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा आयुक्तहरू सगुन समशेर जबरा, जानकीकुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरीप्रसाद पौड्याल सहभागी […]