योगी आतित्यनाथले आज दोस्रो कार्यकालका लागि उत्तर प्रदेशको मुख्यमन्त्रीमा सपथ लिँदै

काठमाडौं :  भारतको उत्तर प्रदेशको मुख्यमन्त्रीका रुपमा योगी आदित्यले आज दोस्रो कार्यकालका लागि शपथ लिँदै छन्। उनले आज विहान १० बजे दोस्रो कार्यकालका लागि अटल विहारी क्रिकेट मैदान लखनऊमा  शपथ लिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सपथ ग्रहणमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह लगाएका नेता सहभागी हुने छन्। भारतीय जनता पार्टी (भाजपा)को प्रदेश संसदीय दलको नेतामा बिहीबार उनी निर्वाचित भएपछि उनी दोस्रो पटक मुख्यमन्त्री बन्ने बाटो खुलेको