धनकुटा नगरपालिका क्षेत्रमा मुख्य बसोबास गर्ने आठपहरिया जातिको मुख्य चाड वाडाङ्मेट मंगलबारदेखि सुरु भएको छ । वाडाङ्मेट चाडको अवसरमा धनकुटा नगरपालिकाले नगर क्षेत्रमा दुई दिने सार्वजनिक बिदा घोषणा गरेको छ । नगरपालिकाको कार्यालयले विज्ञप्ति जारी गर्दै पर्वको अवसरमा मंगलबार र बुधवार सार्वजनिक बिदा दिइने उल्लेख गरेको छ ।