प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बन्न लागेको भन्दै मिडियामा प्रकाशित समाचारको सत्यता पुष्टि गर्न सर्वोच्च अदालतले सञ्चारमाध्यमलाई चुनौती दिएको छ । सोमबार अपरान्ह सर्वोच्च प्रशासनले विज्ञप्ति जारी गर्दै समाचारको सत्यता पुष्टि गर्न चुनौती दिएको हो । आइतबार साँझ र सोमबार केही सञ्चारमाध्यमले प्रधानन्यायाधीशको कोटाबाट दीपक तिमिल्सिना मन्त्री बन्न लागेको समाचार प्रकाशित गरेका थिए । सोही समाचारको खण्डन गर्दै अदालतले यसप्रति ध्यानाकर्षण भएको र समाचार मिथ्या भएको दावी गरेको छ ।अदालतले भनेको छ,&lsqu