काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु राखिएको भनिए पनि केही नभेटिएको विमानस्थल कार्यालयले जनाएको छ ।
शंकास्पद वस्तुको हल्ला चलेपछि बिहान आन्तरिक उडान ठप्प पार्दै यात्रुलाई विमानस्थल बाहिर निकालेर अनुसन्धान थालिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सर्च अभियान चलाएर शंकास्पद वस्तुको खोजी गरेका तर केही नभेटिएको विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।
शंकास्पद वस्तुको हल्ला चलेपछि सेनाको डिस्पोजल टोली पनि विमानस्थलमा खटिएको थियो । शंकास्पद व...