धनगढीमा आज पनि तनाव, विद्यार्थीले निषेधाज्ञा ताेडेर प्रदर्शन गरेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाण्डाै – धनगढीमा ग्रेडरको ठक्करबाट साथीको ज्यान गएपछि विद्यार्थीले दोषीलाई कारबाही गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् । आन्दोलनले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालय धनगढीले घटनास्थल आसपासको क्षेत्रमा हिजो बिहीवारदेखि नै निषेधाज्ञा लागू गरेको छ । विद्यार्थीले निषेधाज्ञा तोडेर प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको छ । प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि स्थानीय र विद्यार्थी तितरबितर भएका छन् । प्रदर्शनमा सहभागी २१ जना विद्यार्थीलाई प्रहरीले पक्राउसमेत गरेको छ । ...

सम्बन्धित सामग्री

धनगढी अपडेट : निषेधाज्ञा तोडेर प्रदर्शन, ३८ सेल अश्रुग्यास प्रहार, २१ जना पक्राउ

धनगढीः धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो। प्रहरीले स्थिति नियन्त्रणमा लिन अहिलेसम्म ३८ सेल अश्रुग्याँस प्रहार प्रहार गरेको जनाएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले आन्दोलनकारी विद्यार्थी र स्थानीयले प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस हानेको बताए।उनले अहिलेसम्म  ३८ सेल अश्रुग्याँस प्रहार गरेको र आन्दोलनमा स

धनगढीमा तनाव : ३८ सेल अश्रुग्यास प्रहार, २१ जना पक्राउ

धनगढी ।  धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो। प्रहरीले स्थिति नियन्त्रणमा लिन अहिलेसम्म ३८ सेल अश्रुग्याँस प्रहार प्रहार गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले आन्दोलनकारी विद्यार्थी र स्थानीयले प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस हानेको […]

आक्रोशित प्रदर्शनकारीबाट बच्न श्रीलङ्काली राष्ट्रपति निवासबाट बाहिरिए

हजारौँ आक्रोशित प्रदर्शनकारी आफ्नो निवासमा प्रवेश गरेपछि श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्ष आफ्नो निवासबाट बाहिरिनु भएको छ । शनिबार निवास बाहिर प्रदर्शन चर्किएपछि उहाँ सुरक्षित स्थान तर्फ प्रस्थान गर्नु भएको डेलि मिरर दैनिकले जनाएको छ । राष्ट्रपति निवासको सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै राजधानीका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको छ। यसअघि आन्दोलनकारीहरुले […]