काठमाडौं । पर्यटकीय सहर पोखराका सडक अहिले फोहोरको डंगुर छ । फोहोरका कारण यहाँबाट विभिन्न गन्तव्यमा हुने हवाई उडानमा पनि जोखिम निम्तिन सक्छ । फोहोरमा विभिन्न जनावर र चराचुरुंगी आकर्षित हुने र तिनको आउजाउले उडान प्रभावित हुने जोखिम रहेको विमानस्थलले जनाएको छ । तापक्रम बढेसँगै सडकमा फ्याँकिएको फोहोर व्यवस्थापन नहुँदा नगरमा दुर्गन्ध पनि बढेको छ […]