पराजयपछि थापा पक्षको समीक्षा बैठक : ‘निर्मल निवास’बाट चलखेल भयो !

पार्टी अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देनसँग पराजय भोगेपछि कमल थापा पक्षको बैठक बसेको छ । आइतबार बिहान निर्वाचनको परिणाम आए लगत्तै थापा पक्षको भेला राजधानीको एक पाँच तारे होटलमा भएको हो । करिब २ घण्टा लामो चलेको बैठकमा चुनावी समीक्षाका साथै आगामी रणनीतिका सन्दर्भमा छलफल भएको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई जानकारी दिए । ती नेताका अनुसार बैठकमा कमल थापाले निर्मल निवासको चलखेलका कारण अनपेक्षित रूपमा आफूले पराजय भोग्नु परेको सुनाएका थिए । बैठकमा सहभागी अन्य नेताहरूको पनि महाधिवेशनमा&nbs