गुणस्तरहीन मल आयात

रुपन्देही जिल्लामा यो वर्षको रोपाइँ सुरु भएसँगै भारतबाट नक्कली रासायनिक मलको तस्करी बढेको छ । अहिले नेपाली किसानका खेत खेतमा भारतमा सस्तोमा पाइने रासायनिक मल युरिया र डिएपीको प्रयोग बढेको छ । नेपालमा रासायनिक मल पाउन किसानले सास्ती पाइरहेका बेला भारतबाट खुला सीमाको प्रयोग गरी तस्करले नेपाली किसानका खेतसम्मै नक्कली रासायनिक मल बिक्री गर्ने गरेको पाइएको छ ।