हिरासतमा मृत्युका घटनाहरू रोक्नका लागि नेपालका अधिकारीहरूले उचित कानूनी जवाफदेहिताका उपायहरू समेतका माध्यमबाट तत्काल र प्रभावकारी कदमहरू चाल्नुपर्ने एम्नेस्टी इन्टरनेसनल नेपालले जनाएको छ ।
हिरासतमा मृत्युका घटनाहरू रोक्न माग गर्दै एम्नेस्टी इन्टरनेसनल नेपालले मंगलवार आफ्नो वार्षिक अभियान अधिकारका लागि पत्र लेखन अर्थात राइट फर राइट्स् २०२१ को शुरूआत गरेको छ ।
‘राइट फर राइट्स’ एम्नेस्टीको एउटा प्रमुख विश्वव्यापी अभियान भएको जनाइएको छ । ‘यो विश्वकै सबैभन्दा ठूलो मानवअधिकार सम्बन्धी कार्यक्रम पनि हो । यसले...