यस्तो रोगका सिकार भएका थिए बप्पी लहरी

बलिउडमा नयाँ वर्ष सुरु भएदेखि नै दुःखका समाचारहरु आइरहेका छन् । हालै मात्र स्वरकी रानी लता मंगेशकरको निधन भएको थियो । लतापछि  चर्चित  बंगाली गायिका सन्ध्या मुखर्जीको पनि निधनको समाचार आएको छ । अब बप्पी लहरी पनि यस दुनियाँबाट बिदा भइसकेका छन् । बप्पी लहरी मुम्बईको क्रिटिकेयर अस्पतालमा भर्ना भएका थिए । जसरी बप्पीको निधनको खबर प्राप्त भयो यो कसैलाई एकिन नै हुन सकेन । जो कोही पनि यो खबर गलत होस् भन्न थालेका छन् । तर, बप्पीको निधन पुष्टि भएपछि फिल्म इन्डस्ट्रिदेखि फ्यानमा सन्नाटा छाएको छ ।क