लुम्बिनी प्रदेशमा जम्बो मन्त्रिपरिषद्

सरकार गठनको ५९ दिनपछि लुम्बिनी प्रदेशमा सरकारले पूर्णता पाएको छ । बहाल संख्या अनुसार १६ र कुल सदस्य संख्या अनुसार १७ सदस्यीय मन्त्रिपरिषद् बनाउन पाउने अधिकार प्रयोग गर्दै मुख्यमन्त्री कुलप्रसाद केसीले १७ सदस्यीय ‘जम्बो मन्त्रिपरिषद्’ आइतबार विस्तार गरेका हुन् ।