चन्द्रागिरि हिल्सको १४औं वार्षिकोत्सव

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले १४ औं वार्षिकोत्सव मनाएको छ । आइतवार कम्पनीको व्यवस्थापक समूहले वार्षिकोत्सव विशेष कार्यक्रम आयोजना गरेको हो । वार्षिकोत्सव कार्यक्रममा कम्पनीले विभिन्न ६ विधामा उत्कृष्ट हुने विजेता तथा उपविजेतालाई प्रमाणपत्र तथा ट्रफी प्रदान गरेको छ । त्यसैगरी सोही अवसरमा कम्पनीमा ५ वर्ष सेवा अवधि पुगेका र गतवर्ष उत्कृष्ट कार्य गर्ने चार कर्मचारीलाई प्रमाणपत्र, चाँदीको लकेट लगायत पुरस्कार प्रदान गरिएको थियो । कम्पनीका अध्यक्ष हेमराज ढकालले पर्यटकीय गन्तव्यस्थलको रूपमा रहेको चन्द्रागिरिमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पहिलो रोजाइस्थल हुने गरी सेवा प्रदान गर्न कर्मचारीलाई अनुरोध गरे ।

सम्बन्धित सामग्री

चन्द्रागिरि हिल्सको १४औँ वार्षिकोत्सव सम्पन्न

चन्द्रागिरि हिल्स लिमिटेडले १४औं वार्षिक उत्सव मनाएको छ। कम्पनीका अध्यक्ष हेमराज ढकालको अध्यक्षता एवं संचालक समितिका सदस्यहरुको मुख्य आतिथ्यतामा श्रावण १४ गते कम्पनीको व्यवस्थापक समूहले एक दिने कार्यक्रम संचालन गरेको...

चन्द्रागिरिलाई शैक्षिक केन्द्र बनाउन जनप्रतिनिधि अग्रसर

काठमाडौँ– विस्तारित काठमाडौँलाई मध्यनजर गर्दै चन्द्रागिरि नगरपालिकालाई शैक्षिक केन्द्र बनाउने उद्देश्यका साथ त्यहाँका जनप्रतिनिधि अग्रसर भएका छन् । सो नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिकालाई शैक्षिक केन्द्रका रुपमा विकास गर्ने सोँचका साथ नगरपालिका अगाडि बढेको जानकारी दिए। स्थानीय ऋचा सह शिक्षा सदनको ३३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले काठमाडौँ उपत्यकाभित्र शैक्षिक केन्द्रका रुपमा नगर क्षेत्रलाई […]