काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ। बैठक मंगलबार(आज) ३ बजे पार्टी मुख्यालय पेरिस डाँडामा बस्ने भएको हो । सरकार बनेको लामो समय बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन नसकेपछि मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न माओवादीले बैठक बोलाएको एक नेताले बताएका छन् । साथै बैठकमा सदनमा भइरहेको अवरोधबारे पनि छलफल हुनेछ ।