काठमाण्डौको बाइसधारामा दर्शनार्थीको भिड : हाँडी गाउँमा गहना खोज्ने जात्रा

काठमाण्डाै - आज चैतशुक्ल पूर्णिमा, उपत्यकाका विभिन्न ठाउँमा जात्रा हुँदैछ भने बालाजुको बाइसधारामा मेला भइरहेको छ । बाइसधारामा नुहाउनको लागि बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । आजका दिन बाइसधारामा  नुहाएर नागार्जुन पहाड चढ्न जाने चलन छ । त्यस्तै, काठमाण्डौको हाँडी गाउँमा आज गहना खोज्ने जात्रा हुँदैछ । दिउँसो हाँडीगाउँमा रहेको पोखरीमा गहना फालेर खोज्ने गरिन्छ । किंवदन्ती अनुसार नुहाउने क्रममा टुँडालदेवीको गहना पोखरीमा खसेको र त्यही गहना खोज्ने प्रतीक अनुसार हरेक वर्ष आजका दिन गहना खोज्ने जात्रा...