नेपाल कृषिप्रधान देश भए तापनि प्रायः सबै खाद्यसामग्री विदेशबाट आयात हुन्छ । देशमा व्यावसायिक कृषिमा आधुनिकीकरण नहुनु, कृषि पेसालाई हेर्ने दृष्टिकोण र सामाजिक मूल्य–मान्यता स्थापित हुन नसक्नु, सरकारी लगानी र योगदानले यस क्षेत्रमा पूर्ण रूपमा प्राथमिकता पाउन नसक्नु यसका उदाहरण हुन् ।