काठमाडौं । श्रीमान्को शव लिन काठमाडौं जान गाडी भनिरहेका बेला उनी अर्थात् चलचित्रकी मुख्य पात्र (स्वस्तिमा खड्का) भाग्छिन् । श्रीमान्को शव कफिनमा छ, तर उनलाई त्यसप्रति उति धेरै दुःख छैन जति उनीप्रति हलमा सिनेमाका दर्शकको सहानुभूति छ । जिन्दगी बेसाहारा भएको छ, तर उनलाई जिब्रोमा ट्वाक्क लाग्ने पाउँ खानुपरेको छ...