हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेशको प्रथम प्रदेश अधिवेशनमा ९१ पदको लागि २ सय ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत हेटौंडामा भइरहेको बागमती प्रदेशको प्रथम प्रदेश अधिवेशनमा ९१ पदमा ३ वटा प्यानलका २ सय ५७ जनाले उम्मेदवारी दिएका हुन्।प्रदेश निर्वाचन समिति सदस्य रामकुमार अधिकारीले दिएको जानकारीअनुसार प्रदेशको ८ पदाधिकारीका लागि २४ जनाको उम्मेदवारी परेको छ।सभापतिमा संस्थापन पक्षबाट ईन्द्रबहादुर बानियाँ, संस्थापनइतर तथा वरिष्ठ नेता रामचन्द्र