धरानका युवतीहरूको प्रतिभा प्रस्फुटनको लागि फेशन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा सौन्दर्य प्रतियोगिता "मिस धरान २०२२ " आयोजना हुने भएको छ। कम्तीमा एसईई उत्तिर्ण तथा १२ कक्षा पढ्दै गरेका धरानका युवतीहरूलाई सहभागी गराइने कार्यक्रम यो वर्षदेखि धरानमा आयोजना हुँदै आएको छ। आयोजक ब्ल्याक पिग इन्टरटेनमेन्टका निर्देशक हरिहाङ्ग तिगेलाका अनुसार मिस धरान २०२२ को आवेदन खुल्ला गरिएको छ भने अनलाइनसँगै एसएमएसबाट समेत आवेदन दिन सकिने छ । आवेदन नि:शुल्क गरिएको छ।