काठमाडौं : सरकारले तत्काल स्कुल बन्द नगरी स्थानीय तहको समन्वयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाएर पठनपाठन सञ्चालन गर्न सम्बन्धित शिक्षण संस्थालाई निर्देशन दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी थप निर्णय नहुन्जेलसम्मका लागि यस्तो निर्देशन दिएको हो।मन्त्रालय तथा स्थानीय तहबाट तय गरिएका स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन सुचारु गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।‘भीडभाड नहुनेगरी पछिल्लो समयको संक्रमण अवस्था समेतलाई बिचार गरी स्थानीय तहसँग समव