गण्डकी प्रदेशमा थप ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा मनाङ र मुस्ताङ बाहेका ९ जिल्लामा गरिएको नमूना परिक्षणमा ५४० जनामा कारोना संक्रमण देखिएको हो । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ६६३ जनामा गरिएको नमुना परीक्षण ३०० पुरुष र २४० जना महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।उनका अनुसार कास्कीमा ७४, म्याग्दी १५, स्याङ्जा ७, बाग्लुङ ११५, पर्वत ३४, तनहुँ १७, गोरखा १०४, लमजुङ ८९ र नवलपुरमा ८५ जनामा संक्रमण देखिएको हो ।