नेपाली कांग्रेस खोटाङका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दर्जनौँ योजनाका लागि बजेट माग गरेका छन् । महासमिति सदस्य एवं युवा नेता रविप्रकाश राई नेतृत्वको टोलीले बिहीबार कांग्रेस सभापतिसमेत रहेका देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर जिल्लाका दर्जनौँ सडक तथा सिँचाइ योजनाका लागि बजेट माग गरेको हो ।ध्यानाकार्षण टोलीले प्रधानमन्त्रीलाई मागपत्र बुझाउँदै जिल्लाको पाथेका–शनिबारे–बालाबेँसी–तापखोला पक्की सडक पुल (डिपिआर भइसकेको) दिक्तेल–अल्छेढुङ