तिंकर जोड्ने घोरेटो बाटो यही वर्ष सम्पन्न गरिने

व्यास गाउँपालिकाको छाङ्गरु तिंकर जोड्ने गरी घोरेटोको निर्माण सुरु गरिएको हो ।

सम्बन्धित सामग्री

तिंकर जोड्ने घोरेटो बाटो यही वर्ष सम्पन्न गरिने

काठमाडौं । महाकाली राजमार्गको विकल्पको रूपमा गत वर्षबाट दार्चुलामा निर्माण शुरू भएको घोरेटो बाटो चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । व्यास गाउँपालिकाको छाङरु तिंकर जोड्ने गरी घोरेटोको निर्माण शुरू गरिएको हो । सरकारले महाकाली राजमार्ग सम्पन्न गर्न लामो समय लाग्ने देखिएकाले तत्कालका लागि स्थानीयवासीको पहुँच पुर्‍याउन घोरेटो बाटो निर्माण शुरू गरिएको थियो । गत आवमा ठेक्का भएको सो घोरेटोको निर्माण चालू आवमा शुरू भएको स्थानीय पूर्वाधार विभागका प्रवक्ता शंकरप्रसाद पण्डितले बताए । यही आवमा सकाउनुपर्नेमा अन्यत्र काम भइरहे पनि केही खण्डमा कठीन चट्टानका कारण समस्या रहेको छ । यसको निर्माण सम्पन्न हुँदा व्यास गाउँपालिकाको छाङरु, तिंकर, दुम्लिङ, कल्जु, माललगायत स्थानका बासिन्दालाई सुविधा पुग्ने उनले बताए । स्थानीयवासीलाई जिल्ला सदरमुकामसम्म पुग्न भारतीय भूमि पुग्नुपर्ने बाध्यता हट्ने बताइएको छ । खासगरी संघीय सरकारले राष्ट्रिय महत्त्वका सडक निर्माण गर्ने भए पनि सडक र घोरेटो बाटो दुवै नहुँदा स्थानीयवासीको जनजीवन कठीन भएकाले यसको निर्माण संघीय बजेटबाटै भइरहेको हो । अहिले घोरेटो निर्माण भइरहेको ठाउँ महाकाली किनारमा भिरमा रहेको प्रवक्ता पण्डितले बताए । यसको लम्बाइ झन्डै २६ किमी रहने बताइएको छ । यसमध्ये पनि कतिपय खण्डमा विगतदेखि नै राम्रो अवस्थामा भइरहेकाले अहिले थप काम गर्न नपर्ने प्रवक्ता पण्डितले बताए । त्यसमा बीचबीचमा काम गर्नुपर्नेमा काम भइरहेको छ । महाकाली राजमार्ग निर्माण पनि घोरेटोको नजिकै रेखाङ्कन हुन सक्ने उनले बताए  । ‘घोरेटोभन्दा ठ्याक्कै नजिकै वा केही तलमाथि पर्न सक्छ,’ उनले भने । डेढदेखि दुई मिटरसम्म लम्बाइ हुने गरी घोरेटो बाटो निर्माण अघि बढाइएको विभागले बताएको छ । कठिन भूगोलका कारण विस्तार हुन नसकेको ठाउँबाहेक त्यो चौडाइ कायम हुने विभागले बताएको छ । घोरेटो नियमित सञ्चालनका लागि दुई पुल पनि निर्माण हुँदै छ । ठाउँठाउँमा पर्खाल हुनेछन् भने कतैकतै कटिङ गरेर विस्तार गरिने प्रवक्ता पण्डितले बताए । कडा चट्टान भएका ठाउँमा भने एक किमी मात्रै चौडाइ हुन सक्ने उनको भनाइ छ । रासस