प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयहरुमा रिक्त रहेका पदाधिकारी नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा शुक्रबार पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले खुल्ला प्रतिष्पर्धाको आधारमा पदाधिकारीको नियुक्तिको प्रक्रिया अघि बढाइएकोले केही समय ढिलाई भएपनि नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।