गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउन माग

प्रस्तावित गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउन कञ्चनपुरका सात विद्यार्थी सङ्गठनले माग गरेका छन । कलेजलाई विश्वविद्यालय मातहत ल्याएर आगामी वर्षदेखि पठनपाठन सञ्चालन गर्न सङ्गठनमा आबद्ध विद्यार्थीले माग गरेका हुन् ।  प्रस्तावित मेडिकल कलेजलाई तत्काल छिटोभन्दा छिटो सुप विश्वविद्यालय अन्तर्गत ल्याएर शैक्षिक कार्यक्रम सञ्चालनको नमूना तयार गरी आगामी वर्षदेखि प्रारम्भिक चरणको अध्ययन–अध्यापन सञ्चालन गर्न माग गरिएको अनेरास्ववियुका केन्द्रीय सचिव गणेश सिंह ऐरीले बताए

सम्बन्धित सामग्री

प्रादेशिक अस्पतालसँग सहकार्य गरी गेटा मेडिकल कलेज सञ्चालनमा ल्याइने

गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमका दुई प्रादेशिक अस्पतालसित सहकार्य गरी सञ्चालन गरिने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत रहने गरी महाकाली प्रादेशिक अस्पताल र सेती प्रादेशिक अस्पतालसित सहकार्यमा गेटा मेडिकल कलेज सञ्चालनका लागि व्यवस्था मिलाउने घोषणा गरिएको हो । कैलालीको गेटास्थित मेडिकल कलेज सञ्चालन सरकारको नीति तथा कार्यक्रममा समावेश नभएपछि […]