मकवानपुर – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पार्टीको ह्विप लागे पनि गलत कुरालाई गलत भन्न सक्ने आँट गर्न बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई चुनौती दिनुभएको छ । सोमवार बाग्मती प्रदेशको राजधानी हेटौँडामा भएको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष तिमिल्सिनाले सङ्घीय ऐनहरू केन्द्र सरकारबाट पास भइरहँदा प्रदेश र पालिकाकाे अधिकार खोसिने गरी आएको खण्डमा गलत हो भन्ने पक्षमा संसदमा हात उठाउनुपर्ने बताउनुभयो ।यही कार्य...