काठमाडौं (अस) । ग्लोबल आइएमई बैंकले आफ्नो १५ औं वार्षिकोत्सव अवसरमा ग्राहक सुविधालाई ध्यानमा राखी कार्ड तथा डिजिटल बैंकिङमार्फत गरिने कारोबारमा छुट तथा क्यासब्याक उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । बैंकले पुस १५ बाट माघ १५ गतेसम्म मोबाइल बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराउनेछ ।
साथै, ग्राहकलाई थप छुट प्रदान गर्ने उद्देश्यले पहिलो पटकको क्यूआर कारोबार, पस मेसिनमार्फत गरिने कारोबार तथा ईकम कारोबारमा १५ प्रतिशत अथवा ३०० सम्म क्यासब्याक दिइने बैंकले जनाएको छ । बैंकले हाल २८७ शाखा, २५२ एटीएम, २६३ शाखारहित बैंकिङ, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ ।