माधव नेपाल पक्षीय केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरू

पार्टी एकता गर्ने कि बिद्रोह गर्ने भन्ने रणनीति बनाउन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यको दोस्रो दिनको बैठक शुरू भएको छ । नयाँ बानेश्वर बुद्धनगरस्थित एक पार्टी प्यालेसमा शुक्रवार मध्यान्ह बैठक शुरू भएको हो ।  बिहीवारको बैठकले विधान अधिवेशन र पार्टी सदस्यता नवीकरणलगायतका काम रोक्न आग्रह गरेको थियो । हिजोको बैठकमा बोल्ने धेरै केन्द्रीय सदस्यहरूले पार्टी एकता गरेर अघि बढ्नुपर्ने बताएका थिए । नेता नेपालले आफू पार्टी एकताको पक्षमै रहेको तर एकता सम्मानजनक ढंगले गर्नुपर्ने बताएका थिए ।  ...