भारतका पाँच राज्यहरुमा भएका विधानसभा निर्वाचनको मतगणनाका प्रारम्भिक रुझानमा सत्तारुढ भारतीय जनता पार्टीले बहुमत ल्याउने देखिएको छ । पाँच राज्यहरुमध्ये पन्जाबमा आम आदमीको विजय निश्चित देखिन्छ भने तीन राज्यहरु– उत्तर प्रदेश, उत्तराखन्ड र मणीपुरमा भाजपाले जित्ने देखिएको छ ।त्यस्तै, गोवामा पनि भाजपाको अग्रता छ । यी प्रदेशमा आफ्नो विजय निश्चित देखिएको भन्दै पन्जावमा आम आदमी र अन्य प्रदेशहरुमा भाजपाले विजयोत्सव मनाउन थालेका छन् ।सहज अन्तरले अगाडि रहेको उत्तर प्रदेशको नतिजाले भने सन् २०२४ मा हुने