न्यूयोर्क : चीनको अर्थतन्त्र संकटमा छ। कुल गार्हस्थ उत्पादन मन्द छ, निर्यात ओरालो लाग्दो छ, कलकारखानाको उत्पादन घट्दो छ।चीनमा विदेशी लगानी घट्दो छ। योसँगै विदेशी कम्पनीहरू बाहिरिने हतारमा छन्। बेरोजगारी चरम सीमामा छ, उपभोग घट्दो छ र घरजग्गाको कारोवार ठप्प छ। हुँदाहुँदै यस्तो अवस्था बनेको छ- चीन सरकारले बेरोजगारी तथ्यांक समेत सार्वजनिक गर्न बन्द गरेको छ।व्यापार नीतिदेखि प्रविधिका क्षेत्रसम्म अमेरिका र चीनबीचको तनाव दैनिक बढ्दो छ। यस्तो द्वन्द्व बढे पनि चीनको खस्कँदो हालतसँगै अमेरिकामा च