मंसिर १०, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने घोषणा गरेको छ।
बिहीवार बसेको सञ्चालक समितिको बैठकले २९ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५५ प्रतिशत नगद लाभांश गरी कुल ३१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात र कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउनेछन् । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ६९ करोड ५० लाख रुपैयाँ रहेको छ।