पर्वत : पर्वतको कुश्मा नगरपालिको प्रमुख र उपप्रमुख बन्नको लागि उम्मेदवारी दर्ता गरेका दुई उम्मेदवारका विरुद्धमा उजुरी परेको छ।पाँच दलीय गठबन्धन अन्तर्गत नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका रामचन्द्र जोशी र उपप्रमुख पदमा नेकपा एमालेबाट उम्मेदवारी दिएकी स्वस्थानी रिजालका विरुद्धमा दुई फरक फरक विषयमा निर्वाचन आयोगमा उजुरी परेको हो।२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेसबाट नगरप्रमुख बनेका जोशीले विद्यालय भवन निर्माणको पेश्की रकम फर्स्योट नगरेको भन्दै उम्मेदवारी खारेजी गर्न उजुरी परेक