किरा लागेर सुन्तला झर्न थालेपछि कृषक चिन्तित

स्याङ्जाका सुन्तला किसान सुन्तलामा किरा लागेर झर्न थालेपछि किसान चिन्तित बनेका छन् । बिक्रीका लागि तयार भएको सुन्तलामा औँसे किरा र पतेरो लागेपछि किसान चिन्तित बनेका हुन् ।

सम्बन्धित सामग्री

म्याग्दीमा सुन्तला बोटबाटै झर्न थाले

म्याग्दी । म्याग्दीका सुन्तला उत्पादक कृषक चिन्तित भएका छन् । पाक्नै लागेका सुन्तलामा औंसा किरा र स्केल रोगको प्रकोप देखिन थालेपछि सुन्तला उत्पादक कृषकहरू चिन्तित भएका हुन् । बिक्री गर्ने बेलाका सुन्तला कुहिएर बोटबाटै झर्न थालेको किसानहरूले बताएका छन् । म्याग्दीको वास्कुना र दोसल्ले क्षेत्रमा सुन्तलामा यस्तो रोग देखापरेको हो । जिल्लाभर करिब १७ प्रतिशत […]

सुन्तलाको दाना झर्न थालेपछि कृषक चिन्तित

पाक्ने बेला भएको सुन्तलाको दाना झर्न थालेपछि यहाँका कृषक चिन्तित भएका छन् । दानाभित्र औशा परेर सुन्तला झर्न थालेको हो । बेनी नगरपालिका–३ मरेकका इन्द्रबहादुर थापाले पाक्नै लागेको सुन्तलाको दानाभित्र किरा (औसा) परेर धमाधम झर्न थालेको बताउनुभयो । “गत वर्ष रु एक लाखको सुन्तला बेचेको थिए । यसपालि रु ७० हजारको पनि उत्पादन नहुने अवस्था छ”, उहाँले भन्नुभयो, “फल दिने नयाँ बोट थपिए पनि यसपालि गाउँभरि सुन्तला उत्पादन घटेको छ । करिब तीस प्रतिशत दाना झरिसक्यो ।”

स्याङ्जाका सुन्तलामा ‘औंसा किरा’

स्याङ्जामा उत्पादित सुन्तलामा औंसा किराको आक्रमण तीव्र देखिएको छ । सुन्तला र सुन्तला जातका फल पाकेर टिप्ने बेलाका सुन्तलामा औंसाको प्रकोप देखिएपछि स्थानीय सुन्तला उत्पादक कृषक चिन्तित बनेका छन् ।सुन्तला पाक्ने समयभन्दा अगावै सुन्तला पाकेको जस्तो देखिने र झर्ने क्रम बढेकाले सुन्तला परीक्षण गर्दा औंसाको प्रभाव देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिए […]