अमेरिकाद्वारा युक्रेनलाई एक अर्ब डलरको मद्दत गर्ने घोषणा

 रुसको तर्फबाट युक्रेनमा कुनै पनि बेला हमलाको सम्भावनाकाबीच अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले अमेरिकाले युक्रेनलाई एक बिलियन डलरको आर्थिक मद्दत गर्ने घोषणा गरेको छ ।ब्लिङ्कनले भने, ‘हामी युक्रेनका लागि बलियो अन्तर्राष्ट्रिय समर्थन जुटाउनका लागि सहयोगीसँग मिलेर काम गरिरहेका छौँ, युक्रेनमा प्रमुख सुधारको समर्थन दिनका लागि अमेरिका १ बिलियन डलरको ऋण दिनेछ । यसले युक्रेनलाई समृद्ध बनाउन मद्दत गर्नेछ ।’यसअघि अमेरिकी राष्ट्रपति जो बोइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले भनेक

सम्बन्धित सामग्री

अमेरिकाद्वारा नेपाललाई अक्सिजन प्लान्ट सहयोग

काठमाडौं (अस) । कोभिड–१९ विरुद्धको प्रतिकार्यमा सघाउन अमेरिकाले नेपाललाई दुईओटा तरल अक्सिजन प्लान्ट प्रदान गरेको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग (यूएसएआईडी) नेपालकी नियोग प्रमुख सेपिडे केभान्साडका साथ मंगलवार काठमाडौंको वीर अस्पताल र परोपकार प्रसूति अस्पताललाई उक्त अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन् । यी तरल अक्सिजन प्रणाली उक्त अस्पतालका केन्द्रीय अक्सिजन प्रणालीसँग जोडिएका छन्, जसबाट अक्सिजनको नियमित आपूर्ति गर्न सकिने वा प्रतिघण्टा ४० लिटर क्षमताका ४० ओटा सिलिन्डर भर्न सकिने बताइएको छ । यूएसएआईडीको सहयोगमा थप चारओटा तरल अक्सिजन ट्यांक देशभरका विभिन्न अस्पतालमा जडान गर्न लागिएको अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मंगलवार नै अमेरिकाले नेपाललाई यूएसएआईडीमार्फत थप १ करोड ५ लाख अमेरिकी डलरको अत्यन्त जरुरी कोभिड–१९ सहायता प्रदान गर्ने घोषणा गरेको छ । उक्त सहायताले पालिकाहरूमा निगरानी तथा कन्ट्याक्ट ट्रेसिङ सुदृढ गर्ने, प्रयोगशाला प्रणालीमा टेवा पुर्‍याउने र सीमा नाकाहरूमा हुने एन्टिजेन परीक्षणको विस्तार गर्ने बताइएको छ । साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिड–१९ सम्बन्धी संहिता तथा मार्गदर्शन विकास गर्न, ‘सर्ज’ क्षमता अभिवृद्धिका लागि स्वास्थ्यकर्मीको प्रशिक्षण तथा भर्ती गर्न र सघन उपचार सुदृढ गर्न पनि मद्दत पुर्‍याउने जारी विज्ञप्तिमा उल्लेख छ । अक्सिजन प्लान्ट हस्तान्तरण कार्यक्रममा कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी अधिकृत डा. भूपेन्द्र बस्नेत र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा. संगीता मिश्रको उपस्थिति थियो ।

अमेरिकाद्वारा नेपाललाई आपत्‌कालीन स्वास्थ्य सामग्री प्रदान

वासिङटन । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी, (युएसएड) ले नेपाललाई बढ्दो कोभिड कहरको सामना गर्न आपत्कालीन सहयोगको घोषणा गरेको छ । अमेरिकाबाट सहयोग लिएर आएको तीन मध्येको पहिलो विमानमा नेपालका हजारौँ स्वास्थ्यकर्मीहरुका लागि सर्जिकल मास्क, फेस सिल्ड र पन्जा रहेको छ ।  संक्रमण नियन्त्रण गर्न अमेरिकाले नेपाललाई सक्दो मद्दत गर्ने प्रतिबद्धता...