काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समाजमा गलत सन्देश फैलाउने गरी विषयवस्तु राखेर पाठ्यक्रम प्रकाशन र वितरण गर्नेमाथि अविलम्ब कारबाही गर्ने बताएका छन्। मंगलबार आव २०७९।८० को बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै सरकारबाट त्यस्ता कुनै पुस्तक नछापेको प्रष्ट पारे।उनले भने, ‘त्यस्ता विषय हामीबाट छापिएको पाठ्यक्रममा समावेश छैन, बजारमा बुझ्दा तराईको कुनै जिल्लामा केही संस्थाले वितरण गरेको सुनेको छु,खाेजेर अनधिकृत वितरण गर्नेमाथि अविलम्ब कारबाही गर्नेछौँ।’.groupTitle