काठमाडौं : पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता अविश्वासको प्रस्तावमा आज मतदान हुँदैछ। विपक्षी गठबन्धनले खानमाथि आर्थिक अव्यवस्थाको आरोप लगाउँदै अविश्वासको प्रस्ताव दर्ता गराएको छ। खानलाई पार्टीभित्रैबाट समेत विरोध भएका कारण अविश्वासको प्रस्ताव सामना गर्न कठिन हुने अनुमान गरिएको छ। तर खानले अविश्वासको प्रस्तावको डटेर सामना गर्ने बताएका छन्। उनले गएराति राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले अविश्वासको प्रस्ताव डटेर सामना गर्ने बताएका हुन्। प्रधानमन्त्री खानले व