इलामका गुण्डा नाइके एलबी हत्यामा संलग्न ९ जना पक्राउ

इलाम : स्थानीय गुण्डा नाइके एलबी भनिने लालबहादुर गुरुङको हत्यामा संलग्न ९ जनालाई जिल्ला प्रहरी कार्यालय इलामले सार्वजनिक गरेको छ। प्रहरीले पत्रकार सम्मेलन गरेर घटनामा संलग्नलाई सार्वजनिक गरेको हो।पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका-४ का शिव हिङहाङ भन्ने नरेन्द्र दर्जी, झ्याम्ले भन्ने नरेशकुमार याखा, अभिषेक केरुङ, सेसे भन्ने सेसेयाङ याखा, सन्तु भन्ने चन्द्रकुमार यवा, डम्बर यवा, टिका भन्ने नरेन्द्र तुम्रोक, विक्रम हिङमाङ (नेपाली) र पर्शु राई रहेका छन्।पक्राउ परेकाहरूलाई म्याद थप गरि अनुसन्धान