मोरोक्को अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा

मोरोक्को अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ । शुक्रबार राति कोमोरोसलाई २-० ले पराजित गर्दै मोरोक्कोले समूह चरणमा लगातार दोस्रो जित निकालेको हो । १६औँ मिनेटमा सेलिम अमाल्लहले गरेको गोलबाट मोरोक्कोले अग्रता बनायो । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा जाकारिया ओबउख्लालले गोल गरेपछि मोरोक्कोले जितसँगै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो ।प्रतियोगिताअन्तर्गत समूह ‘सी’ मा रहेको मोरोक्कोले दुई खेलबाट ६ अंक जोडेको छ । उसले एक खेलअगावै नकआउट यात्रा तय गर्‍यो ।

सम्बन्धित सामग्री

अफ्रिका कप अफ नेसन्स : स्तब्धपूर्ण र आश्चर्यजनक नतिजाको शृंखला

१७ माघ, काठमाडौं । एकै वर्ष मात्र भयो, मोरक्कोले विश्वकप २०२२ मा तहल्का मच्चाएको थियो, त्यो पनि कतारमै । तर यही मोरक्को अफ्रिका कप अफ नेसन्स २०२४ मा भने असफल रह्यो । मोरक्को नकआउट चरण त पुग्यो । तर त्यो भन्दा अगाडि बढ्न सकेन् । अन्तिम १६ को खेलमा दक्षिण अफ्रिकाको हातबाट पराजित रह्यो । […]

अफ्रिका कप अफ नेसन्स : सेनेगलको लगातार तेस्रो जित

डिफेन्डिङ च्याम्पियन सेनेगलले लिग चरणका तीनै खेल लगातार जित्ने क्रममा मंगलबार गिनियालाई २–० ले हराएको छ । हारका बाबजुद गिनिया समूह ‘सी’ बाट तेस्रो स्थानमा रहेर अन्तिम १६ पुग्न सफल रह्यो । सेनेगल भने यसअघि नै नकआउट चरण पुगिसकेको छ ।

अफ्रिकन कप अफ नेसन्स : रङ्गशालामा भागदौड हुँदा कम्तीमा ६ जनाको ज्यान गयो

अफ्रिका कप अफ नेसन्स अन्तर्गत क्यामरून रङ्गशालामा भाडदौड हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । प्रि–क्वाटर फाइनलको खेल हेर्न रङ्गशाला बाहिर भेला भएको भिड अनियन्त्रित हुँदा ६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा केही घाइते भएका छन् । क्यामरून र कोमोरसबीचको अन्तिम १६ को खेल हेर्न मैदान प्रवेशका क्रममा घटना भएको हो । क्यामरूनको मध्य क्षेत्रीय गभर्नर पउल वियाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताउनुभएको छ । रङ्गशालाको क्षमता ६० हजार भए पनि कोरोना सङ्क्रमण जोखिमका कारण ८० प्रतिशत समर्थक...