भेडाको ऊन नै घरखर्चको मुख्य आधार

जुम्ला : तिला गाउँपालिका ५ चुलाकोटका काले  बुढा  उमेरले ६० वर्षका भए। उनको दैनिकी भेडाको ऊनमै बित्ने गरेको छ। उनी भेडापालन गर्न लागेको  ५० वर्ष भयो।  उनी आफु १० वर्षको उमेर बाटै भेडा गोठालो लागेको बताउँछन्। उनी भन्छन्,‘ बाबा आमाले नै पहिले देखि भेडापालन गर्दै आएका थिए। उनी यस पेशाबाट सन्तुष्ट छन्। अहिले उनी भेडा चराउन जाँदैनन्। तर भेडाको ऊनबाट बन्ने राडीपाखी, लिउ ,सुइटर बनाउनका लागी  हातले ऊन कात्ने, पाउने छुन्ने गर्छन्। उनीसँग  अहिले उनले ४० वट