कोरोनाको स्वरुप नयाँ र संक्रामक : सरकारको तयारी पुरानै, ढिलासुस्ती उस्तै

काठमाडौं : केही समय नियन्त्रणमा आएको कोरोना संक्रमण फेरी उकालो लागेसँगै नेपाल ओमिक्रोन भेरियन्टको उच्च जोखिममा छ। तर, सीमा नाका र विमानस्थलमा कुनै रोक लगाएको छैन।छिमेकी मुलुकमा कोरोना संक्रमण बढेसँगै सरकारले नेपाल भारत सीमानाकामा कोरोनाको परीक्षण तीव्र पारेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार दोस्रो लहरमा डेल्टा भेरियन्टविरुद्ध प्रयोग गरिएका सबै आवश्यक पुर्वाधार तथा संयन्त्र तयार गरिसकिएको छ। ओमिक्रोन संक्रमण तीव्र गतिमा विश्वभर फैलिएसँगै छिमेकी मुलुक